अब गर्भवती तथा सुत्केरीलाई उपचार गराउँदा शुल्क नलाग्ने

pregnant
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। नेपाल सरकारले अब गर्भवती तथा सुत्केरीलाई उपचार गराउँदा शुल्क नलाग्ने जनाएको छ। उद्धार गरेर ल्याइएका गर्भवती तथा सुत्केरीलाई विभिन्न अस्पतालमा गएर उपचार गराउँदा शुल्क नलाग्ने जनाएको हो।

प्रदेश नं. १ को मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताल तोकिएको छ भने प्रदेश नं. २ को सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल,जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल पर्सा वीरगञ्जलाई तोकिएको छ। त्यस्तै प्रदेश नं. ३ का लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवनको भरतपुरस्थित भरतपुर अस्पताल, गण्डकी प्रदेशका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क उपचार पाउने बताइएको छ ।

कर्णाली प्रदेशका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत तोकिएको छ। सुदूरपश्चिम प्रदेशका लागि सेती अञ्चल अस्पताल धनगढी तोकिएको छ। यी अस्पतालमा उद्धार गरेर ल्याएका गर्भवर्ती तथा सुत्केरीलाई नि.शुल्क उपचारको व्यवस्था मिलाइएको छ।

हेलिकप्टरबाट अवतरण भएको स्थानबाट अस्पतालसम्म ल्याउनका लागि सोही अस्पतालको एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने कार्य्विधिमा उल्लेख गरिएको छ। त्यसैगरी, सोही कार्यविधिको दफा ५ को ‘घ’मा उद्धार गरिएकी महिलाको गर्भवती तथा सुत्केरी महिला एवं नवजात शिशु उपचारमा लागेको अन्य उपचार खर्च रकम यस कार्यक्रमअन्तर्गत उपलब्ध नहुने उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्