नेकपा सचिवालय बैठक जारी : टुङ्गिएला त कार्यविभाजन ?

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडाैं, २२ जेठ । केन्द्रीय समितिको कार्यविभाजन र जिल्लाका इन्चार्ज सह–इन्चार्जबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे बैठक हिजो छोडिएकै विन्दुबाट छलफल सुरू भएकाे हाे।

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपाल पक्षबीच मतभेद भएपछि कार्यविभाजनकाे छलफल धकेलिएको थियो।

माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताहरू मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि भइसकेका नेताहरूलाई दोहोरो जिम्मेवारी दिनै नहुने अडानमा छन्। प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पहिले नै जिम्मेवारीमा रहेका नेताहरूलाई पार्टीभित्र पनि जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छन्।

पूर्व एमालेका नेताहरूमा देखिएको यो मतभेदका बीचमा हिजोको छलफलमा पूर्ववर्ती माओवादीका नेताहरू मौन देखिएका थिए। आजकाे छलफलमा दुवै पक्ष सहमत हुनेगरी मध्यमार्गी उपाय खोजिने नेताहरूले बताएका छन्।