राजधानीको शंखमुलमा आगलागी, एक घाइते

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, २८ जेठ । काठमाडाैंको शंखमुलमा आगलागी भएको छ । शंखमुलमा रहेको सानदार मःम पसलमा मंगलबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट एक जना घाइते भएको प्रहरीले जनाएकाे छ। ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ ।

घाइतेको बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको छ । आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ । तर क्षतिकाे पूरा विवरण भने आइनसकेकाे प्रहरी स्राेतले बताएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्