गुठी विधेयक स्थगित गराैं : याेगेश भट्टराई

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडाैं, १ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गरेर छलफल गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गर्दै भट्टराईले गुठी विधेयक बुझाउनुपर्नेले बुझाउन नसकेको र बुझ्नुपर्नेले बुझ्न कोशिस नै नगरेको भन्दै तत्काल स्थगित गरेर छलफल गर्नुपर्ने कुरा उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधेयक स्थगित गरेर नयाँ शीराबाट अघि बढ्न आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू स्वदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शीराबाट अघि बढ्नु नै उपयुक्त होला।’

उनले विधेयकलाई लिएर आगोमा रोटी सेक्नेहरु अवान्छित तवरले मिसिएको तथा साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालेकोमा पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्।