टिपरको ठक्करबाट दुईको घटनास्थमै मृत्यु

Accidents
लाेकपाटी न्यूज

उदयपुर, ४ असार । उदयपुर मदन भण्डारी लोकमार्ग अन्र्तर्गत चौदण्डिगढी नगरपालिका ७ लाटी खोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बसाहबाट बेल्टार बजार आँउदै गरेको स १प ३६१ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आँउदै गरेको बा २ क ७०९ नम्बरको टिपरले ठक्कर दिएको हो। टिपरको ठक्करबाट चौदण्डिगढी नगरपालिका ४ बसाहका ४५ वर्षीय खगेन्द्र राई र ३५ वर्षीय जिवन राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिए।

मोटरसाइकललाई ठक्कर दिने टिपर चालक फरार रहेको प्रहरी निरीक्षक पौडेलले बताए। टिपर ईलाका प्रहरी कार्यलय बेल्टारको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्