इंग्ल्याण्ड र जापान प्रि–क्वाटरफाईनलमा प्रवेश

Woman wold cup
लाेकपाटी न्यूज

फ्रान्स, ५ असार । इंग्ल्याण्ड र जापान विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन्। लगातार दुई खेल जित्दै यसअघि नै अन्तिम १६ मा पुगिसेकको इंग्ल्याण्डल बुधबार राति जापानलाई २–० ले हराउँदै समूह विजेता बन्यो।

इंग्ल्याण्डले समूहको तीन खेलबाट ९ अंक बटुल्यो। बुधबार राति इंग्ल्याण्डसँग पराजित भएको जापान पनि विश्वकप महिला फुटबलको नक आउट चरणमा प्रवेश गर्‍यो।

४ अंक जोडेको जापान समूहमा दोस्रो भयो। यही समूहको अर्को खेलमा बुधबार राति अर्जेन्टिना र स्कटल्याण्डले ३–३ गोलको बराबरी खेले।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्