सी चिनफिङको उत्तर कोरिया भ्रमण अमेरिकाका लागि चुनौति

Xi and Kim jon
लाेकपाटी न्यूज

काठमाडौं। बिहीबार चीनका राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको राजकीय भ्रमण जाने भएका छन्। सीको भ्रमणका क्रममा दुई देशको सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।

सीले आजै उत्तर कोरियाका सर्वोच्च नेता किजोङ उनसँग भेटवार्ता गर्नेछन्। भेटमा दुईपक्षीय व्यापारको सुदृढ पार्नुका साथै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाको विषयमा छलफल हुने चिनियाँ राष्ट्रपति सी जिनपिङले बताएका छन्।

त्यस्तै कोरियन प्रायद्धिपको शान्ति, सुरक्षा, कोरियन प्रायद्धिपको राजनीतिक स्थिरताका विषयमा छलफल गर्ने सीले बताएका छन्। केही समय यता कारियामाथि अमेरिकाले लगाएको नाकाबन्दी र त्यसले पारेको असरको सामना गर्न दुई देशका बीचमा ठोस पहल लिने बताइएकाे छ।

एक वर्षयता विकसित अमेरिका र चीन व्यापार युद्धको सामूहिक रुपमा सामाना गर्न सीको भ्रमण हुनसक्ने जानकारहरु बताउँछन्। त्यस्तै परमाणु हतियारका बिषयमा पनि छलफल हुने सक्ने आँकलन गरिएको छ।

एकातर्फ अमेरिका र चीनको बीचमा सम्बन्ध बिग्रेको छ भने अर्कोतर्फ किम जोङ उन र ट्रम्पको बीचमा भियतनाममा भएको दोस्रो शिखर सम्मेलन असफल भएको अवस्था र १४ वर्षपछि चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण हुनुलाई निक्कै महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्