नेकपा सचिवालय बैठक जारी, लाग्ला त छलफलको टुङ्गो ?

nekapa sachiwalaye meeting pic
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ। बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने पक्षमा देखिएका छन्।

तर, वरिष्ठ नेता माधवकुमार नेपालले दोहोरो जिम्मेवारी दिन नहुने अडान लिएका छन्। बैठकमा पार्टीको राजनीतिक दस्तावेज प्रकाशन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।