उपचारका लागि विदेश जानेलाई सहयाेग राेक्ने सरकारकाे निर्णय

Upendra Yadav
लाेकपाटी न्यूज

काठमाडौं, १० असार । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन्।

संसदमा मंगलबार विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको बताएका हुन् । मिर्गौला प्रत्यारोपण, मुटु-नसाको शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए। उनले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नुस म पनि यही उपचार गराउँछु।’

विदेश उपचार गर्न जाने कसैले पनि राज्यकोषबाट उपचार खर्च नपाउने उनले संसदबाट बताए। नेपालमै उपचार सुविधा हुँदाहुँदै विदेश जानेहरूलाई रोक्ने कानून भने नभएको यादवको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्