आर्थिक विधेयक २०७६ बहुमतले पारित

yubraj khatiwada01
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारित होस् भनी राखेको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस भने विधेयकको विपक्षमा उभिएको थियो । नेमकिपाका सांसद प्रेम सुवालको एकल र कांग्रेस सांसद मिनेन्द्र रिजालसहित चार जनाले हालेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

आर्थिक विधेयक पारित भएसँगै संसदमा अर्थमन्त्री खतिवडाले राष्ट्र ऋण उठाउने विधेयक २०७६ माथि दफावार छलफल सदनमा गरियोस् भनि प्रस्ताव पेश गरेका थिए ।

सभामुख महराले सो विधेयकमा पनि सुवालको एकल र रिजालसहित चार जनाको संयुक्त संशोधन परेको जानकारी गराउँदै दफवार छलफल सुरू गराएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्