लडाकुद्वारा प्रहरी चाैकी आक्रमण, २४ काे मृत्यु

लाेकपाटी न्यूज

काठमाडाैं, १४ असार । सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा सरकार पक्षीका २४ लडाकू मारिएका छन् ।

देशको नाहरिन जिल्लामा रहेको प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा परी उनीहरु मारिएकाे जिल्ला गभर्नर फाज्लुदिन मुरादीले जानकारी दिए। उनका अनुसार आक्रमणमा परी अरु नौ जना घाइते पनि भएका छन् ।

सरकारी अधिकारीहरुले घटनाका बारेमा पूर्ण विवरण आउन बाँकी भएको र अनुसन्धान भइरहेको जनाएका छन् ।तालिबान लडाकूहरुले पछिल्लो दुई महिनामा सुरक्षा चौकीहरुमाथी आक्रमण गर्ने क्रमलाई तिव्रता दिएका छन् । –एजेन्सी (सिन्ह्वा)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्