प्रधानमन्त्रीज्यू, माक्स नलगाई काठमाडौंमा हिड्न सक्नुहोला ?

kathmandu-dust pic
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन्। प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो।

गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेको थिएँ ‘अब काठमाडौंमा नाक समाएर हिँड्नुपदैन। माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे। अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन्।’

प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए। प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन। तर यथार्थ भने ठीन उल्टो छ। प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ। नागरिक दैनिकमा श्याम राईले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्