प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अमर्यादित ट्वीट

Bishnu Rimal
लाेकपाटी न्यूज

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज आइतबार बिहानै गरेको ट्वीट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

उनले बिहानै एकदमै आक्रोसित हुँदै ट्वीटरमा लेखेका छन् : ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?’

उनको यो ट्वीटपछि सामाजिक सञ्जालमा बेग्लाबेग्लै टिप्पणी पनि आइरहेको छ। उनले किन लेखे । जिम्मेवार मान्छेले यस्तो कुरा सार्वजनिक गर्दा पर्ने प्रभाव किन हेरेनन् भन्ने टिप्पणी भइरहेको छ। नेकपाको संसदीय दलको बैठकमा आफ्नै सांसदहरुले सरकारको कडा आलोचना गरेपछि आएको यो ट्वीटका विषयमा अहिले नेकपा वृत्तमा छलफल चलिरहेको छ।

बैठकमा सांसदहरुले सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषादी परिक्षण गर्न रोकेको विषयका चर्को आलोचना गरेका थिए। उनीहरुले सरकार भारतसामू झुकेकोसमेत आरोप लगाएका थिए। गुठी विधेयकलगायतका विषयमा पनि सत्तारुढ दलका सांसदहरु आक्रामक देखिएका थिए।

त्यसैतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार रिमालले छौंडा शव्दको प्रयोग गर्दै ट्वीट गरेका छन्। उनको यो ट्वीटमा प्रतिक्रिया जनाउने अधिकांशले रिमालको सोच,शैली र भाषा छनोटको चर्को विरोध गरेका छन्।

हेर्नुहोस ट्वीट

6