लिबियाको आप्रवासी केन्द्रमा हवाइ आक्रमण, ७ को मृत्यु

aakraman
लाेकपाटी न्यूज

काठमाडौं, २३ असार । लिबियाको राजधानी त्रिपोलीको पूर्वी नगर ताजौरामा रहेको आप्रवासी केन्द्रमा भएको हवाइ आक्रमणमा सात जना मोरक्कोका नागरिकको मृत्यु भएको छ ।

हवाइ आक्रमणका समयमा त्यस केन्द्रमा १८ जना मोरोक्काली आप्रवासी रहेका थिए। मोरक्कोका विदेश मन्त्रीले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा हवाइ आक्रमणबाट आठ जना घाइते भएका अरु तीन जना बेपत्ता रहेको उल्लेख छ।

विज्ञप्तिमा घाइते तथा मृत्यु भएका व्यक्तिको शव मोरक्को फिर्ता ल्याउन लिबियाली अधिकारीहरुसँग कुराकानी भइरहेको जनाइएको छ । कागजातविहीन अफ्रिकी र अरब मुलुकका नागरिकलाई सामुद्रिक मार्गबाट युरोप प्रवेश गर्ने लिबिया मुख्य मार्ग हो।

युरोपेली युनियनको आर्थिक सहयोगमा यस्ता अवैध आप्रवासीलाई लिबियाको जलक्षेत्रबाट पक्राउ गरी अस्थायी शिविरमा राख्ने गरिएको छ।

तजौरामा गएको मंगलबार भएको हवाइ आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु हुनुका साथै १३० जना घाइते भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्