नेकपाको बहुप्रतिक्षित राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

CPN
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएको छ। १ वर्षअघि नै सहमति जुटेको प्रतिवेदनमा विवाद भएपछि दोस्रोपटक सहमति कायम गरेर प्रतिवेदन प्रकाशनमा गएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो। लामो समयको बहसपछि नेकपाको आधिकारिक राजनीतिक प्रतिवेदन प्रकाशित हुने भएको छ। यद्यपि, दोस्रोपटक सहमति जुटेको प्रतिवेदन हालसम्म सार्वजनिक भने भइसकेको छैन।

अघिल्लो वर्ष नै नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटे पनि सहमति बल्झिएपछि प्रतिवेदन प्रकाशित हुन सकेको थिएन। यसै साता शीर्ष तहमा जुटेको सहमतिपछि प्रतिवेदन प्रकाशनमा गएको छ। प्रतिवेदनमा समाजवादउन्मूख जनताको जनवादलाई पार्टीको तात्कालीन कार्यदिशाको रुपमा संश्लेषण गरिएको छ।

एक वर्षअघि सहमति जुटेको प्रतिवेदनमा खासै फेरबदल नभएको नेताहरु बताउँछन्। ‘पूरानै प्रतिवेदनका केही भाषा र शुद्दाशुद्दी सच्चाइएको छ। आधारभूत कुरामा कुनै अन्तर छैन’ नेकपाका एक स्थायी समिति सदस्यले लोकपाटीसँग भने।

यहाँ हामीले एक वर्षअघि सहमति जुटेको राजनीतिक प्रतिवेदन प्रकाशित गरेका छौं, जुन प्रतिवेदनका आधारभूत कुराहरु नयाँ प्रतिवेदनमा पनि समेटिएको छ। हेर्नुस्, प्रतिवेदनको पूर्णपाठ।