बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो (विवरणसहित)

pic
लाेकपाटी न्यूज

काठमाडौं, २९ असार ।बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्