नायक एजाज खान मुम्बईबाट पक्राउ

लाेकपाटी न्यूज

काठमाडाैं, ३ साउन । विवादित नायक एवं बिग बसका पूर्व प्रतियोगी एजाज खानलाई मुम्बई पुलिसले बुधबार पक्राउ गरेको छ ।

एजाजले एउटा टिकटक भिडियो बनाएका थिए जुन कथित रुपमा साम्प्रदायिक छ । भिडियोमा तबरेज अंसारीको मृत्युपछि एक समुदायलाई धम्काइएको छ ।

एजाज खानले भिडियोमा एक समुदायविरुद्ध बोलिरहेका थिए । यति मात्र होइन एजाजले भिडियोमा हिंसा भड्काउने धम्की पनि दिएका थिए । टिकटक भिडियोमा एजाज खानले एक बलिउड डायलग बोलेर मुम्बई पुलिसको खिल्ली उडाइरहेका छन् ।

मुम्बई पुलिसले केही टिकटक सेलब्रिटीविरुद्ध एफआईआर दर्ता गरेका थिए । तबरेज अंसारीको कुटीकुटी हत्या गरिएपछि केही टकटक सेलिब्रिटीले ग्रुप बनाएर विवादित भिडियो पोष्ट गरेका थिए । एजाज खानले यो भिडियोलाई समर्थन गरेका थिए । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्