नेकपामा ७७ जिल्ला र ६ महानगर ईञ्चार्ज टुंगिए, के-के छन् मूख्य निर्णय ?

NCP-Meeting-Baluwatar
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताए ।

नामावली आइतवार साँझसम्म सार्वजनिक हुने उनले बताए । यो निर्णयलाई केन्द्रीय कमिटी र स्थायी समितिमा पनि पेश गरिने प्रवक्ता श्रेष्ठले बताए । इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका इञ्चार्ज र सहइञ्चार्जलाई नै दिइएको उनले बताए ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

आज नै निर्णय हुने भनिएको विभिन्न विभाग, आयोगको एकताको निर्णय भने सरेको छ । मंगलबार १ बजेका लागि बोलाइएको अर्को बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्