नगरपालिकाकी उपमेयरद्वारा मेयर विरुद्ध मुद्दा दर्ता

लाेकपाटी न्यूज

कपिलवस्तु, १० साउन । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकी उपमेयरले मेयर विरुद्ध मुद्दा दायर गरेकी छिन् । उपमेयर लक्ष्मीदेवी गुप्ताले मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेकी हुन् ।

उनले मेयर सिंहसहित नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगरसभालाई विपक्षी बनाएर मुद्दा दायर गरेकी छिन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्था विपरीत मेयरले मनपरी गरेको उपमेयर गुप्ताको आरोप छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्