एकै घरभित्र २७ वटा गोमन सर्प भेटिए

goman pic
लाेकपाटी न्यूज

झापा, ११ साउन । झापाको एक घरमा २७ वटा गोमन सर्प भेटिएका छन्। गोमन सर्प आफैँमा एउटा बिषालु मानिन्छ। गौरादह नगरपालिका वडा नम्बर ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एकै पटक २७ वटा गोमन सर्प भेटिएका हुन्।

भेटिएका अधिकांश सर्प बच्चा छन्। राती एउटा सर्प मारिएको र अरु पनि भएको आशंकामा दुलो खन्दा भटाभट २७ वटा सर्प भेटिएका हुन्।

शर्माका छोरा सन्दीपका अनुसार स्थानीय सबै मिलेर रातीको ११ बजे सबै सर्पहरुलाई मारेर गाडिएको छ। गोमन विषालु सर्पहरुको सूचिमा दोस्रो नम्बरमा पर्छ पहिलो नम्बरमा करेत सर्प पर्ने गर्छ। जो आफैँमा सर्वाधिक खतरनाक सर्प हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्