Spread the love
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

अष्ट्रेलियामा सवारी दुर्घटनामा परी सुवेदी र भण्डारीकोे मृत्यु

0

क्यानबेरा, १२ साउन। अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा परि २ नेपालीको मृत्यु। शनिबार अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कुमा शहरस्थित मोनारो हाइवेमा ५ जना सवार कार दुर्घटनामा परेको थियो।

मृत्यु हुनेमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारी छन्। उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन्।

५ जना सवार कार सडकबाट १६० मिटर टाढा उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ। घाइते ३ मध्ये दुई जनाको स्थानीय कुमा अस्पताल तथा अर्का एक जनाको राजधानी क्यानबेरास्थित अस्पतालमा उपचार भइरहेको छ।

Spread the love
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares
You might also like
Comments
Loading...