हिन्दूलाई जबर्जस्ती मुस्लिम बनाउनु अपराध हो : इमरान खान

imran-Khan
लाेकपाटी न्यूज

एजेन्सी– पाकिस्तान प्रधानमन्त्री इमरान खानले सोमबार इस्लामाबादमा एक समारोहलाई सम्बोधन गर्ने क्रममा बन्दुकको नालमा मानिसलाई मुसलमान बनाउनु गैर–इस्लामी हुने बताए। इमरान राष्ट्रिय अल्पसंख्यक दिवसमा आयोजित कार्यक्रममा बोल्दै थिए।

उनले अन्य व्यक्तिलाई इच्छा विपरित आफ्नो धर्ममा ल्याउने अधिकार अल्लाहले पैगम्बरलाई पनि नदिएको बताए। प्रधानमन्त्री खानले पैगम्बरको पनि काम सन्देश दिनु रहेको थियो र इश्वरप्रतिको आस्था त इच्छा भएको बताए।

इमरान खानले त्यसपछि अल्लाहले पैगम्बरलाई नदिएको अधिकार प्रयोग गर्ने हामी को हौं भनेर झाँको झारेका थिए। उनको आक्रोश पाकिस्तानका चरमपन्थीतर्फ लक्षित थियो। इमरान खानले भने, ‘कुरानमा स्पष्ट लेखिएको छ कि को कुन आस्थाको साथ जन्मिन्छ, त्यो अल्लाहको इच्छा हो।

अल्लाहले स्पष्ट भनेको थिए कि तपाईको काम सन्देश प्रसार गर्ने हो र यो काम जबरजस्ती गर्ने होइन। बन्दुकको नालबाट कसैलाई तपाईं मुसलमान बनाउनु अथवा मुसलमान नभएकोमा मार्नु यो सम्पूर्ण रुपले गैर–इस्लामिक हो।’

इमरान खानले इस्लाम र कुरानमा केही कुरामा पनि जबरजस्ती नभएको बताए। इमरानले पाकिस्तानको निर्माण हिन्दू एलिटको स्थानमा मुस्लिम एलिटलाई पुनर्स्थापित गर्न मात्र नभएको बताए। इमरानले सम्बोधनको क्रममा भने, ‘हामीले आदर्श मान्ने मदीना राज्यमा राजा पनि कानूनमुनि हुन्थ्यो। मदीनाको शासनले अल्पसंख्यकको पनि भेदभाव गर्दैनथ्यो।’

इमरान खानले अगाडि भने, ‘जब म नर्वे र फिनल्याण्डजस्तो देशको सभ्यता र समाजलाई देख्छु, तब १४ सय वर्ष अघिको मदीनाको न्याय–व्यवस्थाको सम्झना आउँछ। मदिनाको सत्तामा अल्पसंख्यकलाई पूर्ण अधिकार प्राप्त थियो। तिनले राज्यमा सम्मानजनक सहभागिता पाउँथे। त्यो शासन तालिम र विज्ञानमा आगाडि थिए। तर, हाम्रो देशमा भने विधिको शासन छैन। जब विधिको शासन नहुँदा ठूल–ठूला देश नष्ट भएका छन्।’

इमरान खानले अगाडि भने, ‘हाम्रो संघर्ष भनेको अधिकारको लागि हो। यदि हामीले आधुनिक पाकिस्तान बनाउने हो भने इस्लामले कसैलाई पनि भेदभावको इजाजत दिदैंन। यदि पाकिस्तानमा बस्ने हिन्दू, सिख र इसाईले यो देशलाई आफ्नो मान्न सके भने बल्ल यो देश बलियो हुन्छ । मलाई त थाहा पनि थिएन, करतापुर शिखहरुको लागि मदिना हो। मैले सोचे कि मुसलमानको लागि मक्का र मदिना यति महत्वपूर्ण छ कि सिखका लागि पनि यस्तै हो।’

‘हामी करतारपुरमा सिखको लागि सम्पूर्ण व्यवस्था गर्नेछौं। हामी हिन्दूहरुलाई भन्न चाहन्छौ कि जे पनि हामी गर्न सक्छौं त्यस हिसाबमा हामी धर्मको रक्षा गर्नेछौं। हामी आफ्नो सुन्नतकै आधारमा यो गर्नेछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्