मंगलबारको राशिफल : कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5-2
लाेकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। रोमाञ्चक यात्रा होला। पुनर्मिलनको योग रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता प्राप्त हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। फितलो यात्रा हुनेछ। झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरमा अतिथीको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। प्रेम सम्वन्ध कसिलो हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सौन्दर्यतामा धन खर्च हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इनाम र प्रतिष्ठा कमाउने बेलाछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा अवरोध आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। घरमा अतिथीको आगमन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्