बिहीबारको राशिफल : कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5-2
लाेकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आकस्मिक धन लाभ हुनेछ। रमाइलो यात्रा रहला। प्रयत्न गरे अधिक फाइदा लिन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। समाजसेवामा मन लाग्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रोकिएको धन हात पर्ला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेका काममा ढिलासुस्ती हुनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। सन्तान सुख मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। भूमिबाट लाभपनि रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ। घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ। चोटपटकको भयछ सचेत रहनुहोला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला। रचनात्मक काममा जुट्ने समय छ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोश जाँगर र उमंग बढ्ला। नयाँ काम सुरु गर्ने समय छ। आर्थिक कारोवारमा सफलता पाइएला। साथीभाइबाट बढी फाइदा लिने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। सहकर्मीबाट विरोध आउला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्