प्रिमियर लिगमा टोटनह्यामको शानदार जीत

Totenhyam 1
लाेकपाटी न्यूज

काठमाडौं, २६ साउन। इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उत्कृष्ट शुरुवात गरेको छ। शनिबार राति प्रिमियर लिगको यो सिजनको पहिलो खेल खेलेको टोटनह्यामले एस्टोन भिल्लालाई ३\१ ले पराजिग गरेको हो।

प्रिमियर लिगको पहिलो खेलमा टोटनह्यामविरुद्व भिल्लाले आक्रामक खेल्दै खेलको ९ औं मिनेटमा १\० को अग्रता बनाउन सफल भएको थियो। खेलको पहिलो १० मिनेटमै अग्रता बनाएको भिल्लाविरुद्व खेलमा फर्कन टोटनह्यामले खेलको ७३ औं मिनेटसम्म कुर्र्नुे पर्‍यो।

टोटनह्यामका लागि टोन्ग्यु एनडोम्बेले अल्भारोले भिल्लाविरुद्व ७२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने ह्यारि केनले ८६ र ९० मिनेटमा गोल गर्दै टोलीको जीत शुरक्षित गरेका हुन्। १\० ले पछि परेको टोटनह्यामले उत्कृष्ट पुनरागमन गर्दै खेलमा जीत हात पार्‍यो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्