भद्रकालीबाट आरक्षण बचाउ आन्दोलनका ११ पक्राउ

लाेकपाटी न्यूज

काठमाडौं, २६ साउन । प्रहरीले आरक्षण बचाउ आन्दाेलनका ११ जनालाई पक्राउ गरेकाे छ । आन्दाेलनमा सहभागी भएका उनीहरुलाई सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो ।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धन कामीसहित ११ जना पक्राउ परेका हुन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्