किन खनिए नेयमारविरुद्ध प्रशंसक ?

Nemar
लाेकपाटी न्यूज

काठमाडौं, २७ साउन। फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्सलाई पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ।आइताबर राति भएको खेलमा पीएसजीले निम्सलाई ३/० गोल अन्तरले पराजित गर्दै यो सिजनको शुरुवात गरेको हो।

स्टार खेलाडी नेयमारबिनै मैदान उत्रिएको पीएसजीका लागि युवा स्टार किलियन एमबाप्पे,इडिन्सन काभानी र डि मारियाले समान एक/एक गोल गरे । निम्सविरुद्ध पीएसजीका लागि काभानीले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर बनाउँदा मारियाले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई ३/० जीत दिलाए।

पीएसजीका डाइरेक्टरले टिमको खेल पहिलाको भन्दा धेरै सुधार भएको बताएका छन्। त्योसँगै आइतबारको खेलपछि पीएसजीका प्रशंसकले नेयमारलाई ‘गो ब्याक’ भन्दै ब्यानर देखाएका छन्।अघिल्लो सिजनको लिग वान च्याम्पियन पीएसजीले यो सिजनमा पनि आफूलाई च्याम्पियन बनाउने लक्ष्यसहित खेलिरहेको पीएसजीले बताउँदै आएको छ।

Neymar pic

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्