माना पाथी जोखेजस्तो पार्टीमा सन्तुलन मिल्दैन : उपप्रधानमन्त्री पोखरेल

Ishwor-Pokhrel
लाेकपाटी न्यूज

काठमाडौं, ३ भदाै। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन् ।

उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने पनि बताए । उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउँदै जाने हो ।’

उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाए । काठमाडौं अन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।