‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ भदाै। नेपाली चलचित्र ‘लिलिबिली’का निर्माता तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौँको कमलपोखरीबाट पक्राउ गरेको हो।

फिल्म ‘लिलिबिली’बाट निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्कालाई शाहीले करिब ८८ लाख दिनु पर्नेमा नदिएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले एक वर्ष अगाडि जाहेरी दर्ता गराएका थिए ।

प्रहरीले शाहीलाई पक्राउ गरे लगत्तै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। अदालतले शाहीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्