गण्डकी प्रदेशका बालिकाहरुलाई पैरवी तालिम

लाेकपाटी न्यूज

काठमाडौं, १० भदौ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा गण्डकी प्रदेशस्तरीय बालिका अधिकार सम्बन्धि पैरवी तालिम मंगलबार सम्पन्न भएको छ ।

पोखरामा आइतबारदेखि तीन दिनसम्म सञ्चालित तालिममा गण्डकी प्रदेशमा बालिकाको क्षेत्रका कार्यरत ५२ जनाको उपस्थिति रहेको थियो । ९ जिल्लाका विभिन्न १७ वटा संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको उक्त तालिमको सहजीकरण बाल अधिकारकर्मी मिलन धरेल र दीपक बस्यालले गरेका थिए ।

तालिममा बालिका अधिकारको संरक्षण, बालिकामाथि हुने असमानता, बाल विवाह, यौन हिंसा, दुव्र्यवहार आदिको रोकथामका लागि स्थानिय तथा प्रदेश तहमा गर्नुपर्ने समन्वय र सहकार्यको बारेमा विभिन्न तरिकाहरुको बारेमा सहभागीहरुलाई सिकाइएको प्रमूख प्रशिक्षक मिलन धरेलले जानकारी दिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बालिकाहरुको सवालमा बहस तथा पैरवी गर्ने कार्यमा संस्थागत रुपमा लाग्नुपर्ने बताए । तालिमको समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट केशव पौडेल, शारदा शर्मा, सुरेन्द्र परियार, प्रताप बानियाँ र निशा सुनारले आफ्नो अनुभव बाँडेका थिए ।

क्यानलानको सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रम संस्थाको अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षता तथा प्रदेश संयोजक प्रतीक्षा गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्