Spread the love
  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares

श्रीमानले अत्यधिक माया गरेकोभन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

0

एजेन्सी। एक महिलाले आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहेको कारण रोचक रहेको छ। बिवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी एक महिलाले श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेको बताएकी छिन्।

एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन्। उनलाई श्रीमानको अत्यधिक माया पचेन। श्रीमानले बिवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको बताइन्। ‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन्,’ उनले भनिन्। ‘मलाई उनको अत्यधिक माया र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो। अझ उनले घरसमेत सफा गर्न सघाए।’

‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए,’ उनले थपिन् । ‘मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ।’ प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए।

दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए। श्रीमतीलाई खुसी पार्ने आफ्नो उत्कृट इच्छाले नै सम्बन्ध समाप्तिको बाटोमा लागेको जस्तो देखिन्छ। श्रीमतीलाई खुसी पार्न उनले निकै मेहनत गरेको श्रीमानले न्यायाधीससामू स्विकार गरे। एक पटक श्रीमतीले उनको तौल बढेको बताएपछि डाइटिङ र अत्यधिक व्यायाम गरेर तौल घटाएको बताए।

यतिबेला उनको खुट्टासमेत भाँच्चिएको उनले बताए। उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन्। ‘बिवाहको पहिलो वर्षमा नै यसबारे निर्णय गर्नु गलत हो र सबैले आफ्नो गल्तीबाट सिक्छन्,’ ती युवकले भने। अदालतले यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ।

Spread the love
  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares
You might also like
Comments
Loading...