बर्नलीविरुद्ध लिभरपुलको शानदार जीत

liverpul
लाेकपाटी न्यूज

काठमाडौं, १५ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराउँदै अपराजित यात्रा कायम राखेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरको शानदार जित हात पारेको हो।लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे।

लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो। बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए। लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो। खेलको ३३ औं मिनेटमा वुडले आत्मघाती गोल गर्दा लिभरपुल १र० ले अघि रह्यो । ३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि रह्यो । दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो ।

खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए । योसँगै फिर्मिन्हो प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन्। यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ । जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ। लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ । पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्