नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय पाँच विदेशी पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १५ भदौ । नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ परेका छन्। उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्ग्स्थित माया मनोहर होटलबाट पक्राउ परेका हुन्।

परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद गरेको छ। पक्राउ परेका ५ जनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्