अमेरिकाद्वारा आजदेखि नयाँ कर लागू

Donald Trump
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी। संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले अमेरिकाले यस्तो नयाँ करहरु लागू भएको घोषणा गरेको हो।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिव ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाई गर्न नसकिने बताएका थिए। उनले संवाददाताहरुलाई भनेका थिए, ‘घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन ।’

नयाँ करहरु खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचर समेतका दैनिक उपभोगका सामानमा करवृद्धि गरिएको छ। वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करिव ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्नेछ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए। अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुनेछ। ट्रम्पको घोषणापछि यसै महिनाको शुरुमा बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो।
एएफपी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्