Spread the love
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

पञ्जीकरण विभागले माग्यो ठूलो संख्यामा कर्माचारी (विज्ञापनसहित)

0

काठमाडौं, १७ भदौ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ठुलो संख्यामा दरखास्त आव्हान गरेको छ। विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो।

एमआइए अपरेटर(राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड सहायक(राजपत्र अनङ्कित द्धितीय श्रेणाी सरहको) पद करारमा पदपूर्तिका लागि आवेदन खुलाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १ हजार ९८९ पदका लागि दरखास्त आव्हान गरेको छ।   जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ।

सो पदका लागि १५ दिन भित्र दरखास्त दिन सकिनेछ। दरखास्त अनलाइनबाट दिनुपर्ने छ। दरखास्तको लागि यो लिंकमा जानुहोस्। http://application.donidcr.gov.np/

Spread the love
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares
You might also like
Comments
Loading...