Spread the love
  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares

७३ वर्षमा जुम्ल्याहा सन्तान, येरामतीले तोडिन् रेकर्ड !

0

एजेन्सी। ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन्। ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन्।’ यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।

यद्यपि, केही मानिसले यो रेकर्ड भारतकी ओमकारी पनवारको नाममा भएको दाबी गरिरहेका छन् ।ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। मंगायम्माले खुसी व्यक्त गर्दै भनिन्, ‘मानिसहरुले मलाई बाँझो भन्थे । मैले अत्यधिक पीडा सहेकी छु। त्यसकारण मैले बच्चा जन्माउने निर्णय गरेँ । यो मेरो जीवनको सबैभन्दा खुसीको पल हो।’

महिलाका श्रीमान् यरामती सीताराम राजारावले भने, ‘अब म खुसी छु। यो सबै यी डाक्टरका कारण सम्भव हुन सक्यो। हामीले विभिन्न अस्पतालमा थुप्रै तरिका अपनायौं । त्यसपछि हामी पुनः कोसिस गर्ने भन्दै यो अस्पताल आयौं । यहाँ आएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन् । हामी पछिल्लो ९ महिनादेखि यसै अस्पतालमा छौं । मानिसहरुले हामीलाई बाँझो व्यक्ति भन्दथे । अब यस्तो भन्नेहरुको मुख टालिएको छ । हामी यी दुई छोरीहरुको निकै राम्रो तरिकाले हेरबिचार गर्नेछौं ।’

उनीहरुको बिवाह सन् १९६२ को मार्च २२ मा भएको थियो। बच्चाको चाहनामा यी दम्पत्तिले वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे। केही दिन अघि जब यी दम्पत्तिका इलाकाकै एक ५५ वर्षीया महिलाले आइभिएफमार्फत् बच्चा जन्माए तब उनीहरुले पनि यो तरिका अपनाउने सोच बनाए। गत वर्ष यो दम्पत्ति गुन्टुरको यो क्लिनिकमा पुगे । डाक्टर उमा शंकरले सबै परीक्षणपश्चात् उनीहरुको उपचार सुरु गरे।

के हो प्रविधी ?

महिलामा बढ्दो उमेरसँगै अण्डाणुको संख्या कम हुन सुरु हुन्छ र ३५ वर्ष पछि त यो तीब्र रुपमा कम हुन्छ।मंगायम्माको महिनावारी रोकिइसकेको थियो । त्यसकारण कुनै चिकित्सकीय मद्दतले गर्भवती हुनु असभ्व नै थियो ।

गर्भधारणका लागि यो दम्पत्तिले एक डोनरबाट अण्डाणु लिए र आइभिएफ प्रविधीमार्फत् त्यसलाई श्रीमान् सीताराम राजारावको शुक्रकिटसँग मिलाइयो। त्यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा राखियो। पाको उमेरका महिलामा गर्भधारण एक जटिल प्रक्रिया हो र यस्तोमा अत्यधिक सावधानी अपनाउन आवश्यक छ।   बीबीसी

Spread the love
  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares
You might also like
Comments
Loading...