उत्तर कोरियाले आयोजना गर्ने कार्यक्रममा उपराष्ट्रपति पुन प्रमूख अतिथि

North_Korean_embassy
लाेकपाटी न्यूज

काठमाडौं, २० भदौ। उत्तर कोरियाले ७१ औं राष्ट्रिय दिवसका अवसरमा आयोजना गर्न लागेको रात्रिभोजमा अधिकांस उपस्थित नहुने भएका छन्। उत्तर कोरियाली राजदूत जो योङ मेनले निमन्त्रणा गरेको कार्यक्रममा शीर्ष नेता, परराष्ट्र, सुरक्षा तथा निजामती अधिकारीहरुले सहभागी नहुने भएका हुन्।

उत्तर कोरियाली दूतावासले बखुण्डोलस्थित सांग्रिला ब्लू होटलमा आज (शुक्रबार) साँझ ६ बजेदेखि ८ बजेसम्म आयोजना गर्न लागेको रात्रीभोजमा आमन्त्रण गरिएका अधिकांशले सहभागी हुन अस्विकार गरेका छन्।

रात्रिभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) प्रमूख अतिथिको रुपमा सहभागी हुँदैछन्। नेपालस्थित दूतावास भएका देशहरुको राष्ट्रिय दिवसमा उपराष्ट्रपति प्रमूख अतिथिका रुपमा सहभागी हुने परम्पराको निरन्तरताका लागि उपराष्ट्रपति सहभागी हुन लागेको परराष्ट्र स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि उत्तर कोरियाको कार्यक्रममा सहभागी नहुने जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्