पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न

paryatan majdur samaj3 (1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ भदौ। पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ।

काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा संगठनको वार्षिकोत्सव सम्पन्न भएको हो। पर्यटन मजदुर समाज नेपालले छोटो समयमै उल्लेखनिय काम गरेको भन्दै समाजले पर्यटन वर्ष २०२०लाई सफल बनाउँन आफ्नो ठाउँबाट विशेष भुमिका खेल्न सक्ने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए।

त्यस्तै समाजका कोषाध्यक्ष भीमसेन टी लामाले यो एक वर्षमा समाजले ५६ जना मजदुरहरुको १० लाखको वीमा गरेको जानकारी गराए। पर्यटन मजदुर समाज नेपालमा अध्यक्ष राजकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष रुद्र भुसाल, उपाध्यक्ष माधवप्रसाद घिमिरे, महासचिवमा सुदर्शन खत्री ‘दिलवर’, कोषाध्यक्ष भीमसेन टी लामासहित १५ सदसीय कार्यसमिति रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्