Spread the love
  • 582
  •  
  •  
  •  
  •  
    582
    Shares

७० हजारलाई डेंगु रोग, अस्पतालमै पुगेकै बिरामी ७ हजार

0

काठमाडौं, २२ भदौ। पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिव ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिव ७ हजार छन्।

नीजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिव ७० हजार पुग्ने चिकित्सकको आंकलन छ।इडिसिडीको तथ्यांकअनुसार बैशाखदेखि असारसम्म ३ हजार ४२५ जना र साउनयता ३ हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगका छन्।

यो सरकारी क्षेत्रको रिर्पोटेड तथांक हो। नीजीसहित गर्दा ७० हजार डेंगुले बिरामी पुगेको अनुमान छ। यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

Spread the love
  • 582
  •  
  •  
  •  
  •  
    582
    Shares
You might also like
Comments
Loading...