Spread the love
  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

पहिलोपटक विदेश भ्रमण गर्नेहरुका लागि ३८ टिप्स्

0

काठमाडाै‌ं। नयाँ ठाउँ, नचिनेका मानिस, नजानेको भाषा, विदेश भ्रमण सजिलो पक्कै छैन। त्यसैले विदेश भ्रमण गर्दा आफन्त र साथीभाइलाई राम्ररी गाइड नगर्दा धेरै दुख पाएको घटनाहरू सुन्नमा आउँछ। सबैले जानेको बुझेको सामान्य लाग्ने यी कुराहरू नबुझाउँदा आफन्तले दुख पाउँछन्।

विदेश भ्रमण वा Flight गर्दाका लागि केही सुझाव/सल्लाह :

१. मिलेसम्म सिधा वा कम समयमा पुग्ने उडान बुक गर्ने।
२. Transit समय कम भएको बुक गर्ने।
३. सकेसम्म फरक Terminal भएको Transit मा बुक नगर्ने, भएमा राम्ररी बुझाउने।
४. नेपाली धेरै कामदार भएकाले कतारलाई प्राथमिकतामा राख्ने।
५. Carry on bag सानो र हल्का राख्ने।
६. कुनै खानेकुरा, मिठाई, रोटी, अचार नबोक्ने र सबै विदेशमा पाइन्छ भन्ने कुरा सम्झाउने।
७. Airport check in airline, ticket and boarding pass process बारे राम्ररी सम्झाउने।
८. बाथरूम प्रयोग र खाना बारेमा राम्ररी सम्झाउने।
९. Call/Assistant light, fan, TV बटनहरूबारे बताउने।
१०. Wheel chair मा बस्दा कहाँ कसरी लिन र छोड्न आउँछ, राख्छ बताउने।
११. अमेरिकाभित्र प्रथम पटक जाँदा भिषा प्रक्रियाबारे राम्ररी बताउने।
१२. भिषा processing को लागि विद्यार्थी, टुरिष्ट, ग्रिन कार्ड, सिटिजनको लाइन र कोठा फरक हुने कुरा राम्ररी बताउने। हराउने, झुक्किने सम्भावना धेरै हुन्छ।
१३. सकेसम्म अमेरिकाभित्रै अर्को connecting flight बुक नगर्ने।
१४. यदि connecting flight भएमा भिषा लागेपछि सबै सामान बुझेर अर्को प्लेनमा आफैले बुझाउनु पर्छ भन्ने कुरा राम्ररी बुझाउने।
१५. लगेज कार्टमा राखेर गुडाउने र भाडामा लिनुपर्छ भन्ने कुरा बुझाउने।
१७. No English,Translation, phone contact list, Address चिट दिने।
१८. Wifi जोड्न र हराएमा कहाँ, कसरी, कसलाई फोन गर्ने वा फोन माग्न वा सहयोग माग्न राम्ररी सिकाउने।
१९. सहयोग चाहिएमा वा फोन गर्नु परेमा customer service जान सिकाउने।
२०. Exit का लागि passengers को पछि लागेमा सजिलै बाहिर जाने ढोकासम्म पुग्न सकिनेबारे बताउने।
२१. गेट नम्बर र ढोकाभित्र बस्न सिकाउने।
२२. Passport, Visa, बारे बुझाउने।
२३. यदि बिरामी बाबुआमा भए Traveling health Insurance गर्ने।
२४. Medicine, केही नगद दिन नभुल्ने र डलर खर्च गर्दा कञ्जुस नबन्न भन्ने।

Internal flight:

२५. प्लेनको नाम, गेट र जोन नम्बर टिकट र board मा हेर्न र सोध्न सिकाउने।
२६. Carry on bag liquid 100ml and solid 3.4 ounce or less मात्र, No food‍.
२७. ID or passport and ticket security check point मा हातमा लिन सिकाउने।
२८. Check in online गरि दिने र मिलेसम्म widow seat लिने।
२९. boarding pass and tickets को फोटो खिचेर फोनमा राख्न सिकाउने।
३०. जिप लक Transparent ब्यागमा Liquid सामान राखिदिने।
३१. airlines नियमबारे बुझ्ने र आबस्यकता अनुसार सम्झाउने।
३२. सेक्युरिटीमा गहना गुरिया कम वा नलगाउने।
३३. कम्तिमा पनि २ घन्टा अगाडि पुर्‍याउने।
३४. प्लेनमा केही खान दिँदैन भनि बताउने। हल्का स्नाक राखिदिने।
३५. प्लेनमा जानु अगाडि बाथरूम जान सिकाउने।
३६. पानीको खाली बोतल, स्बाथरूम बाहिर पानी भर्न सिकाउने  वा किन्न कञ्जुस नहुन बताउने।
३७. phone charger, air plugs, eye mask ब्यागमा राखिदिने।
३८. लिन र छोड्न जान नमिले ट्याक्सी वा उवर लिई घर आउन सिकाउने।

घरमा आएर मिठो खुवाउने र बाटोका रमाइलो गफ गर्ने भन्न नपर्ने। यी सबैले जानेका पढ्दा सामान्य र झिना मसिना लाग्ने साना कुराहरू नगर्दा आफन्तले धेरै दुख पाएका घटनाहरू धेरै सुनेका छौं। भइहाल्छ, चलिहाल्छ, आई हाल्नुछ जस्ता अनुमान गर्नु राम्रो होइन। तसर्थ विदेश जाँदा राम्राेसँग बुझेर मात्र जाउँ।

महेश भट्टराई, मेरिल्याण्ड, अमेरिका

Spread the love
  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares
You might also like
Comments
Loading...