सुनकाे मूल्यमा आज पनि गिरावट, ताेलाकाे कति ?

लाेकपाटी न्यूज

काठमाडौं, २२ भदाै। केही समयदेखि निरन्तर उकालो लागेको सुन गत हप्तादेखि भने ओरालो लागेको छ । गत शुक्रवार ताेलामा १४ सय घटेको सुन ७२ हजारमा कारोबार भएको थियो ।

आज (आइतबार) पनि सुनको मूल्यमा केही गिरावट आएकाे छ । आज सुनको मूल्य ताेलामा ५ सय कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज प्रतितोला ८८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी ९ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्