Spread the love
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

नेपालद्वारा यूएईसामू २ सय ८६ रनको चुनौती पेश

0

काठमाडौ, २४ भदौ। एसीसी यु–१९ एसिया कपमा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २ सय ८६ रनको लक्ष्य दिएको छ। श्रीलंकाको मरियान्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो।

युएईविरुद्ध कमजोर शुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले ब्याटिङ इनिङ्सलाई बलियो बनाएका थिए। नेपालविरुद्ध युएईका सुचित शर्मा र मोहम्मद आकाश ताहिरले समान ३र३ विकेट लिए। कार्तिक पलानियापामले २ विकेट लिए।

त्यस्तै, नेपालका लागि कप्तान रोहितले सर्वाधिक ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाएका थिए भने सन्दिप जोराले ४८ रन बनाउँदा आसिफ शेखले ४५ रन बनाए। अलराउण्डर कमलसिंह ऐरीले ४१ रन बनाए। उनले २५ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने राशिद खानले ४४ रन र कुसल मल्लले २२ रन बनाए।

Spread the love
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares
You might also like
Comments
Loading...