Spread the love
  •  
  •  
  •  
  •  
  •  

नेपाल नादेज्दा कप फुटबलको फाइनलमा

0

काठमाडौं, २४ भदौ। नेपाली महिला फुटबल टिम किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। ताजिकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टिम प्रतियोगिताको फाइनलमा पुगेको हो।

पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८-२ ले हराएको नेपालले आज ताजिकिस्तानलाई एक-शून्यले हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपाललाई जित दिलाउनका लागि सावित्रा भण्डारीको एकमात्र गोल निर्णायक बन्यो।
पहिलो हाफ गोलरहित बनेको खेलको ८६ औंँ मिनेटमा सावित्राले गोल गरेकी थिइन्।

यो जितसँगै नेपाल फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ। उज्बेकिस्तानले भने फाइनल यात्रा पक्का गरिसकेको छ। यसअघिका दुई खेलमा जित हात पार्दै उज्बेकिस्तान फाइनलमा पुगेको हो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
You might also like
Comments
Loading...