Spread the love
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

फिफा विश्वकप : चाइनिज ताइपेईविरुद्ध नेपालको जीत

0

काठमाडौं, २४ भदौ। नेपालले चाइनिज ताइपेई विरुद्ध जीत हासिल गरेको छ। फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेई विरुद्ध जीत हासिल गरेको हो।

ताइपेइमा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो। नेपालको जितका लागि दुबै गोल अन्जन विष्टले गरे । खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप एक गोल गर्दै २–० को जित हासिल गर्न सफल भएको हो ।

ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले पहिलो गोल गर्न सफल भएको थियो। पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा आक्रामक रुपमा मैदानमा उत्रिए पनि गोल गर्न सकेन। उसका हरेक प्रहारलाई गोलकिपर किरणले बचाउ गरेका थिए ।

नेपालले खेलको ६२ औं मिनेटमा नेपालले देस्रो गोल गरेको थियो। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

Spread the love
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares
You might also like
Comments
Loading...