Spread the love
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

सानिमा बैंकले ल्यायो एनआरएन मुद्दती खाता

0

काठमाडौं। सानिमा बैंकले गैरआवासीय नेपाली (एनआरएनए) हरुका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। बैंकका अनुसार यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन्।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशतको उच्चतमव्याजदर प्राप्त गर्न सकिन सो बैंकले जनाएको छ। यो खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो) लाग्नेछ।

२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्ने बैङ्कले जानकारी दिएको छ।

Spread the love
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares
You might also like
Comments
Loading...