Spread the love
  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

तरुण दलमा विवाद : महासचिवको निर्णय अध्यक्षद्वारा खारेज

0

काठमाडौं, २५ भदौ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विवाद चुलिँदै गएको छ। महासचिव भुपेन्द्रजंग शाहीले गरेको भनिएका दुई वटा निर्णयलाई अध्यक्ष जीतजंग बस्नेतले खारेज गरेको घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

महासचिव शाहीले बिना कुनै निर्णय तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा र तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेका थिए। उनले अध्यक्ष बस्नेतसँग कुनै सल्लाह नगरेर आफू निकटका तरुण नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ।

अध्यक्ष बस्नेतले आज सूचना जारी गर्दै शाहीले गरेको भनिएका निर्णय खारेज गरेको जानकारी दिएका छन्। बस्नेतले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रुपमा गरेका निर्णय अस्वीकृत गरिन्छ।’ अध्यक्ष बस्नेतले सप्तरीको अध्यक्षमा कसैलाई पनि नियुक्त नगरेको र सगुनको निष्कासन यथावत रहेको जानकारी दिएका छन्।

बस्नेतले महासचिव शाहीलाई पदीय मर्यादामा रहन सचेत पनि गराएका छन्। उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हितविपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न यसै सूचनामार्फत सचेत गराइन्छ।’

तरुण दल अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट र महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन्। कांग्रेसले आन्तरिक किचलोका कारण तरुण दलमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष बाहेक अन्य जिम्मेवारी बाँडफाँट गर्न सकेको छैन।

Spread the love
  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares
You might also like
Comments
Loading...