Spread the love
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गर्नु पर्छ

0

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले देशमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेर डेंगु नियन्त्रणको लागि प्रयास गर्नु पर्ने बताए ।

५६ जिल्लामा डेंगु फैलिसकेको अवस्थामा ‘स्वास्थ्यमा संकटकाल घोषणा गर्नुपर्ने बताए। सांसद अधिकारीले पश्चिम नेपालको बाँके र बर्दियामा डेंगु सुरु हुँदा नियन्त्रणको प्रयास प्रभावकारी नभएकै कारण अहिले ५६ जिल्लामा फैलिएको बताए। अहिले राष्ट्रिय इमरजेन्सीको रुपमा लिन सक्दैनौं भने यसले महामारीको रुप लिन्छ, ’ उनले भने।

सरकारले ४/५ जना मान्छे मर्दैमा महामारी भन्नु हुदैन भनेको कुरा सञ्चार माध्यममा आएको भन्दै अधिकारीले सोधे, ‘कति जना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ र सरकार यो कुरा डिक्लियर गर्छ ?’ डेंगुका कारण आम जनतामा भय र त्रास सिर्जना भएको भन्दै सांसद अधिकारीले सरकारबाट आधिकारिक दृष्टिकोण नआउँदा सर्वसाधारण असमन्जसमा परेको बताए।

‘डेंगुको सन्दर्भमा भन्नुपर्दा सरकार कहाँ छ, सरकारले के गर्दैछ ? आज जनता यो प्रश्न सोध्दैछन्। परस्पर विरोधाभासपूर्ण समाचारले आम जनता अन्योलमा छन्’ उनले भने। सांसद अधिकारीले डेंगु परीक्षण निशुल्क गर्न पनि सरकारलाई आग्रह गरे।

Spread the love
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares
You might also like
Comments
Loading...