भारतले लगायो ई–सिगरेटमा प्रतिबन्ध

e-cigret
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ असोज। भारत सरकारले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ई–सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी भारत सरकारले यस्तो निर्णय लिएको हो।

विश्वका धेरै देशले यसमाथि पहिला नै प्रतिबन्ध लगाइसकेका छन्। संसार भरी नै ई–सिगरेटका विरूद्ध बिस्तारै आम सहमति बन्दै गइरहेको छ। यसका कारण धेरै देशले विश्वमा बढ्दै गईरहेको मृत्यु प्रतिशतमा चिन्ता व्यक्त गर्दै आएका छन्।

केही देशले यसमाथि पहिला नै पूर्णरूपमा प्रतिबन्ध लगाई सकेका छन् भने केही देशमा ई–सिगरेटमाथि आंशिक प्रतिबन्ध लगाइएको छ। भारतको मोदी सरकारले यसलाई पूर्ण प्रतिबन्धित गर्ने निर्णय गरेको छ। यसको उल्लंघन गर्नेलाई पहिलो पटक कम्तिमा एक वर्ष कैद वा १ लाख रूपैयाँ जरिवाना अथवा दुवै हुनसक्ने भनिएको छ।

दोस्रो पटक भने जरिवाना ६ लाख रूपैयाँ र तीन वर्ष जेल सजाय हुन्छ। यस प्रतिबन्धमा ई–हुक्का पनि समावेश रहेको छ। सरकारको यो निर्णय आउनु अघि भारतमा टेक्निकल रूपमा यसको बिक्रीमा कुनै प्रतिबन्ध लगाइएको थिएन। सरकारी तथ्याकंअनुसार जुलाई २०१९ सम्म भारतमा ई–सिगरेटका ४६० वटा ब्राण्ड प्रचलित रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्