नेपाल सरकार वैधानिक कानून, २००४ मा के छ ? (पूर्णपाठ)

Sambidhan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालमा पहिलो पटक ‘नेपाल सरकार वैधानिक कानुन, २००४’ आयो। तर, संविधान कार्यान्वयनमा भने आउन सकेन। यो पहिलो संविधानलाई राणा शासक पद्म शमशेरले जारी गरेका थिए।

६ भाग, ६८ धारा र १ अनुसूची समावेश भएको उक्त संविधानमा मौलिक हक, मौलिक कर्तव्य, श्री ३ र श्री ५ का उत्तराधिकारीको रोलक्रम, व्यवस्थापिकाको रुपमा तल्लो राष्ट्र सभा, माथिल्लो भारदारी सभाको व्यवस्था, न्यायपालिकाको रुपमा प्रधान न्यायालय, दुईवटा संवैधानिक अंगः प्रधान जाँचुकी र दरखास्त परिषद्को व्यवस्था आदि सम्बन्धी विशेषताहरु रहेका थिए।

२००४ सालको संविधानका प्रमूख विशेषतामा, १. प्रथम लिखित संविधान, २. ६ भाग ६८ धारा १ अनुसूची, ३. श्री ३ पद्म शम्शेरद्वारा जारी गरिएको, ४. दुई सदनात्मक व्यवस्था (राष्ट्रिय सभा र भारदारी सभा), ५. सार्वभौमसत्ता श्री ५ मा निहित, ६. लोक सेवा आयोगको पूर्वरुप दरखास्त परिषद्को व्यवस्था, र ७. न्यायपालिकाको व्यवस्था थिए।

२००४ सालको संविधान नेपालको पहिलो संविधान थियो। यो संविधान राणाविरोधी आन्दोलनलाई मत्थर पार्ने उद्देश्यले जारी गरिएको थियो। तर, उक्त संविधान खास प्रयोगमा आएन। यस्तो थियो २००४ सालको संविधान (पूर्णपाठ)।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्