नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीलाई जनसेवा श्री पदक

लाेकपाटी न्यूज

नवलपरासी, ३ असोज । संविधान दिवसको अवसरमा नेपाल सरकारले नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीलाई विभूषित गर्ने भएकाे छ।

गृह मन्त्रालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार अध्यक्ष भण्डारीलाई जनसेवा श्री पदकबाट विभूषण गर्ने भएकाे हो । उनलाई राष्ट्रपति विद्या देवी भण्डारीले विभूषण गर्ने कार्यक्रम छ।

विगत २४ वर्षअघिदेखि व्यवसायमा संलग्न भण्डारी एक वर्ष अगाडि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्ष भएका हुन्। समाजसेवामा समेत सक्रिय भण्डारी लामो समयदेखि राजनीतिमा पनि क्रियाशील छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्